दफा
अनुगमन तथा मूल्याङ्कनका आधार
(१) यस ऐन बमोजिम योजनाको अनुगमन तथा मूल्याङ्कन गर्दा देहाय बमोजिमका विषयलाई आधार लिनु पर्नेछः-
(क) दीर्घकालीन सोच,
(ख) आवधिक योजना र रणनीति,
(ग) योजनाको दस्तावेज, सोच तालिका वा नतिजा खाका,
(घ) स्वीकृत वार्षिक विकास कार्यक्रम,
(ङ) योजनाको डिजाइन तथा लाभ-लागत,
(च) प्राविधिक तथा वातावरणीय -पक्ष,
(छ) प्रक्षेपित उपलब्धि,
(ज) सामञ्जस्यता, सान्दर्भिकता, प्रभावकारिता तथा कार्यदक्षता,
(झ) लैङ्गिक समता तथा समावेशिता,
(ज) नेपाल पक्ष ; भएका - अन्तर्राष्ट्रिय सन्धि, सम्झौता वा प्रतिबद्धता, र
(ट) आयोगले तोकेका अन्य आधारहरू ।
(२) उपदफा (१) बमोजिम अनुगमन वा मूल्याङ्कन गर्दा योजना स्वीकृत हुँदा निर्धारण गरिएको लगानी तथा प्रतिफल सम्बन्धी सूचकलाई समेत आधार मान्नु पर्नेछ।
(३) यस ऐन बमोजिम आवधिक योजना, गुरुयोजना तथा वार्षिक योजनाको अनुगमन तथा मूल्याङ्कन गर्दा गरिबी न्यूनीकरण तथा दिगोपनाको दृष्टिबाट उपयुक्त भए वा नभएको विषयलाई समेत आधार मान्नु पर्नेछ।
(४) यस ऐन बमोजिम सामाजिक विकास सम्बन्धी योजनाको अनुगमन तथा मूल्याङ्कन गर्दा लक्षित समूह लाभान्वित भए/वा नभएको विषयलाई समेत आधार मान्नु पर्नेछ।